एनपीएल सिजन २ को खेलतालिका सार्वजनिक, फ्लडलाइटमा पनि खेल हुने

सिद्धार्थ बैंकद्वारा प्रायोजित र एनसेलको सहकार्यमा हुने नेपाल प्रिमियर लिग (NPL) सिजन २ को खेलतालिका सार्वजनिक भएको छ । आयोजकले सोमवार प्रतियोगिताको पूरा खेलतालिका सार्वजनिक गरेको हो । प्रतियोगिता यहि नोभेम्बर १७ (१ मंसिर २०८२, सोमवार) बाट सुरु भएर डिसेम्बर १३ (२७ मंसिर २०८२, शनिवार) सम्म चल्नेछ ।

{tocify} $title={बिषयसुची}

तालिकाअनुसार एनपीएलको प्लेअफका ३ तथा फाइनल अनि लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिने छन ।बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलपछि साँझ ४:०० बजे फ्लडलाइटमा रात्री खेल खेलिनेछ । प्लेअफ अन्तर्गत क्वालिफायर १ डिसेम्बर ९, एलिमिनेटर डिसेम्बर १० र क्वालिफायर २ डिसेम्बर ११ मा हुनेछन । ग्रान्ड फिनाले डिसेम्बर १३ (शनिबार) दिउँसो ३:३० बजे खेलिनेछ ।

खेल सुरु हुने मिति, समय र स्थान:

दुईवटा समय तोकिएका छन ।

साँझ ४ बजेका खेलहरू फ्लडलाइटमा (रात्री खेल) हुनेछन ।


लिग चरणका खेलहरू (Nepal Premier League 2025):

मिति समय खेलहरू
नोभेम्बर १७, सोमबार साँझ ४:०० बजे जनकपुर बोल्ट्स vs काठमाडौं गोर्खास
नोभेम्बर १८, मंगलबार बिहान ११:४५ बजे चितवन राइनोस् vs कर्णाली याक्स
साँझ ४:०० बजे विराटनगर किङ्स vs पोखरा एभेन्जर्स
नोभेम्बर १९, बुधबार साँझ ४:०० बजे काठमाडौं गोर्खास vs सुदुरपश्चिम रॉयल्स
नोभेम्बर २०, बिहीबार साँझ ४:०० बजे लुम्बिनी लायन्स vs चितवन राइनोस्
नोभेम्बर २१, शुक्रबार साँझ ४:०० बजे पोखरा एभेन्जर्स vs सुदुरपश्चिम रॉयल्स
नोभेम्बर २२, शनिबार बिहान ११:१५ बजे कर्णाली याक्स vs लुम्बिनी लायन्स
दिउँसो ३:३० बजे काठमाडौं गोर्खास vs विराटनगर किङ्स
नोभेम्बर २४, सोमबार बिहान ११:४५ बजे जनकपुर बोल्ट्स vs विराटनगर किङ्स
साँझ ४:०० बजे सुदुरपश्चिम रॉयल्स vs कर्णाली याक्स
नोभेम्बर २५, मंगलबार साँझ ४:०० बजे काठमाडौं गोर्खास vs लुम्बिनी लायन्स
नोभेम्बर २६, बुधबार साँझ ४:०० बजे विराटनगर किङ्स vs चितवन राइनोस्
नोभेम्बर २७, बिहीबार बिहान ११:४५ बजे लुम्बिनी लायन्स vs सुदुरपश्चिम रॉयल्स
साँझ ४:०० बजे जनकपुर बोल्ट्स vs पोखरा एभेन्जर्स
नोभेम्बर २८, शुक्रबार बिहान ११:४५ बजे चितवन राइनोस् vs काठमाडौं गोर्खास
साँझ ४:०० बजे कर्णाली याक्स vs विराटनगर किङ्स
नोभेम्बर २९, शनिबार बिहान ११:१५ बजे पोखरा एभेन्जर्स vs लुम्बिनी लायन्स
दिउँसो ३:३० बजे सुदुरपश्चिम रॉयल्स vs जनकपुर बोल्ट्स
नोभेम्बर ३०, आइतबार दिउँसो ३:३० बजे कर्णाली याक्स vs काठमाडौं गोर्खास
डिसेम्बर २, मंगलबार बिहान ११:४५ बजे जनकपुर बोल्ट्स vs चितवन राइनोस्
साँझ ४:०० बजे पोखरा एभेन्जर्स vs कर्णाली याक्स
डिसेम्बर ३, बुधबार साँझ ४:०० बजे विराटनगर किङ्स vs लुम्बिनी लायन्स
डिसेम्बर ४, बिहीबार बिहान ११:४५ बजे पोखरा एभेन्जर्स vs काठमाडौं गोर्खास
साँझ ४:०० बजे सुदुरपश्चिम रॉयल्स vs चितवन राइनोस्
डिसेम्बर ५, शुक्रबार साँझ ४:०० बजे लुम्बिनी लायन्स vs जनकपुर बोल्ट्स
डिसेम्बर ६, शनिबार बिहान ११:१५ बजे सुदुरपश्चिम रॉयल्स vs विराटनगर किङ्स
दिउँसो ३:३० बजे चितवन राइनोस् vs पोखरा एभेन्जर्स
डिसेम्बर ७, आइतबार दिउँसो ३:३० बजे कर्णाली याक्स vs जनकपुर बोल्ट्स

प्लेअफ खेल तालिका (Nepal Premier League 2025):

लिग चरणपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन ।

खेल मिति समय टिम
क्वालिफायर १ डिसेम्बर ०९, २०२५, मंगलबार साँझको ४ बजे १ नम्बर स्थान प्राप्त टिम vs २ नम्बर स्थान प्राप्त टिम
एलिमिनेटर डिसेम्बर १०, २०२५, बुधबार साँझको ४ बजे ३ नम्बर स्थान प्राप्त टिम vs ४ नम्बर स्थान प्राप्त टिम
क्वालिफायर २ डिसेम्बर ११, २०२५, बिहीबार साँझको ४ बजे क्वालिफायर १ हार्ने टिम vs एलिमिनेटर विजेता टिम
ग्रान्ड फिनाले डिसेम्बर १३, २०२५, शनिवार साँझको ३:३० बजे क्वालिफायर १ विजेता टिम vs क्वालिफायर २ विजेता टिम

सहभागी टिमहरू:

टीम कप्तान प्रमुख प्रशिक्षक
विराटनगर किङ्स (Biratnagar Kings) सन्दीप लामिछाने पबुदु दसनायके
चितवन राइनोज (Chitwan Rhinos) कुशल मल्ल कलाम अली
कर्णाली याक्स (Karnali Yaks) सोमपाल कामी ज्ञानेन्द्र मल्ल
काठमाडौं गोरखाज (Kathmandu Gorkhas) करन केसी मोन्टी देसाई
जनकपुर बोल्ट्स (Janakpur Bolts) आसिफ शेख शिवनाराइन चन्द्रपाल
लुम्बिनी लायन्स (Lumbini Lions) रोहित पौडेल टिनु योहान्नान
पोखरा एभेन्जर्स (Pokhara Avengers) कुशल भुर्तेल राजीव कुमार
सुदुरपश्चिम रोयल्स (Sudurpashchim Royals) दिपेन्द्र सिंह ऐरे जगत तामटा

प्रारूप र तालिका निष्कर्ष:

  • यो NPL 2025 को दोस्रो सिजन हो ।
  • प्रतियोगिता १७ नोभेम्बर २०२५ बाट सुरु हुनेछ ।
  • प्रारूप: राउन्ड-रोबिन (प्रत्येक टीम एक वा दुई पटक आमने / आमने) + प्लेअफ्स ।
  • शीर्ष ४ टीम प्लेअफ्समा प्रवेश गर्नेछन ।
  • कुल ३२ खेलहरु हुने अनुमान गरिएको छ ।
  • मुख्य ग्राउण्डहरु: Tribhuvan University International Cricket Ground, किर्तिपुर (काठमाडौं)

मुख्य आकर्षण:

  • पहिलो पटक पूर्ण फ्लडलाइट खेलहरू
  • देशव्यापी फ्रेन्चाइज टिमहरू
  • प्रत्यक्ष टेलिभिजन र अनलाइन स्ट्रिमिङ
  • देशका शीर्ष खेलाडी र विदेशी अनुबन्ध

लाईभ स्ट्रिमिङ र ब्रॉडकास्टिङ् देश अनुसार जानकारी:

क्षेत्र (Region) प्रसारण साझेदार(हरू) (Broadcast Partner/s)
नेपाल Star Sports, Kantipur Max (TV), Dish Home Go (OTT)
भारत Star Sports, FanCode (OTT)
बंगलादेश Star Sports
भुटान Star Sports
श्रीलंका Star Sports
माल्दिभ्स Star Sports
मध्यपूर्व (Middle East) Dish Home Go (OTT)
विश्वका अन्य देशहरू Dish Home Go (OTT)

Cricket Association of Nepal (CAN) ले पुष्टि गरेको छ कि अन्तर्राष्ट्रिय स्तरमा Star Sports Network लाई आधिकारिक प्रसारण अधिकार दिइएको छ ।

Responsive ad code here

https://ocmcm.lumbini.gov.np/

Responsive ad code here

Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe