श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप २०२३ को चौथो खेलमा नेपालले समूह बी को खेलमा पाकिस्तान ए सँग प्रतिस्पर्धा गर्दैछ । यो खेल शुक्रबार (१४ जुलाई) कोलम्बोस्थित कोलम्बो क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार विहान सवा १० बजेदेखि शुरु हुदै छ ।
{tocify} $title={बिषयसुची}प्रतियोगितामा सहभागी नेपाल बाहेक अन्य सबै देशले ए टिम पठाएका छन् भने नेपालले भने आगामी एशिया कपलाई ध्यानमा राख्दै सिनियर टिमलाई नै यस प्रतियोगितामा पठाएको छ । नेपालले टिममा ज्ञानेन्द्र मल्ल, करण केसी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी लाई बाहिर राखेको छ । जसमा सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० खेल्ने भएकाले टिममा नपरेका हुन । त्यस्तै टिममा आरिफ सेखले निजी कारणले आफ्नो नाम फिर्ता लिएपछि उनको ठाउमा अल राउण्डर पवन सराफलाई परेका हुन ।
टिमहरु
ग्रुप ए | ग्रुप बि |
---|---|
श्रीलंका ए | पाकिस्तान ए |
बंगलादेश ए | भारत ए |
अफगानिस्तान ए | नेपाल |
ओमान ए | यूएई ए |
नेपाली टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम शार्की, अर्जुन साउद, गुल्सन झा, सोमपाल कामी, देव खनाल, कुशल मल्ल, ललित राजवंशी, किशोर महतो, प्रतिश जिसी, पवन सर्राफ, सन्दीप जोरा, सूर्य तामाङ र श्याम ढकाल
@Pic CAN