{tocify} $title={बिषयसुची}
एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि पवन सर्राफ आरिफ शेखको स्थानमा नेपाली टोलीमा समावेश भएका छन । एसिसी इमर्जिङ कप असार २८ देखि श्रीलंकामा सुरू हुँदैछ । यसअघि टिममा परेका आरिफले पारिवारिक कारणले नाम फिर्ता लिएका हुन । टिममा ज्ञानेन्द्र मल्ल र करण केसीलाई पनि आराम दिइएको छ भने सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्याडनामा हुने ग्लोबल टी-२० खेल्न जाने भएका कारण टिममा छैनन ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम शार्की, अर्जुन साउद, गुल्सन झा, सोमपाल कामी, देव खनाल, कुशल मल्ल, ललित राजवंशी, किशोर महतो, प्रतिश जिसी, पवन सर्राफ, सन्दीप जोरा, सूर्य तामाङ र श्याम ढकाल