नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट नेपाल टी-२० लिगका ६ मार्की खेलाडी घोषणा भएको छ । प्रतियोगिता काठमाडौं गोर्खाज, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले खेल्दैछन । सबै टिमले "ए" श्रेणी देखी मार्की खेलाडी अनुबन्ध गरेका हुन् । यस्तै पोखरा एभेन्जर्सले मार्की पछि "ए" समूहबाट शरद भेषावकरलाई अनुबन्ध गरेको छ । "ए" श्रेणीमा हुने खेलाडीले सिजनको १५ लाख पाउने छन् ।
टिम र मार्की खेलाडीहरु :
काठमाडौं गोर्खाज - ज्ञानेन्द्र मल्ल
जनकपुर रोयल्स - सोमपाल कामी
फारवेस्टन युनाइटेड - करण केसी
लुम्बिनी अल स्टार - दीपेन्द्रसिंह ऐरी
पोखरा एभेन्जर्स - आशिफ शेख र
विराटनगर सुपर किंग्स - रोहित पौडेल लाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेका छन् ।