अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले केही नियमहरु परिवर्तन गरेको छ । उक्त नियमहरु अक्टोर १ देखि लागु हुनेछन । नियमहरु यहाँ क्लिक (ICC) गरी पढ्न पनि सक्नुहुनेछ ।
- थुक प्रयोग गर्न नपाउने
- आउट भएका ब्याटरको स्थानमा नयाँ ब्याटर
जब ब्याटर आउट हुन्छ, नयाँ ब्याटर स्ट्राइकमा आउनेछन् । पहिले, यदी क्याच लिनुअघि ब्याटरले क्रस गरेमा नन-स्ट्राइकर एन्ड रहेका ब्याटरले अर्को बल फेस गर्दै आएका थिए । अब हुने नियम अनुसार क्याच लिनु अघि ब्याटरले पार गरे वा नगरे पनि स्ट्राइकमै नयाँ ब्याटर आउनेछन ।
- नयाँ ब्याटर २ मिनेटमा तयार भैसक्नुपर्ने
क्रिजमा आउने नयाँ ब्याटरले अब टेस्ट र एकदिवसीयमा दुई मिनेट भित्र स्ट्राइक लिन तयार भैसक्नुपर्नेछ । टि-२० मा भने ९० सेकेन्डमा नै तयार हुनुपर्नेछ । यसअघि एकदिवसीय र टेष्टमा स्ट्राइक लिन ३ मिनेट समय थियो । यदी त्यसो गर्न असफल भएमा, फिल्डिङ कप्तानले टाइमआउटको लागि अपिल गर्न सक्छ ।
- फिल्डिङ पक्षको अनुचित व्यवहार
बलरले बलिङ गर्न दौडीरहेको बेला कुनै पनि अनुचित र जानाजानी अवरोध गरेमा अब अम्पायरले ब्याटिङ टिमलाई पाँच पेनाल्टी रन दिन सक्छ र डेड बलको कल पनि कायम रहनेछ ।
- नन-स्ट्राइकरबाट रन आउट
रन आउटलाई प्रभाव पार्ने यस विधिलाई प्लेइङ कन्डिसन अनुसार ‘अनफेयर प्ले’ खण्डबाट ‘रन आउट’ खण्डमा सारिएको छ । नन-स्ट्राइकर एन्डमा रनआउट गर्नुलाई पहिले अनुचित रूपमा हेरिएको थियो । अब नन स्ट्राइकरलाई रनआउट गर्दा नियमित रनआउट मानिनेछ ।
- बलिङअघि नै रन आउटको प्रयास
बलरले बलिङ गर्नुअघि नै ब्याटर विकेट अगाडि बढेमा स्ट्राइकरलाई रनआउट गर्न बल फाल्न पाउने थियो । तर अब यो अभ्यास गरिएमा डेड बल भनिनेछ ।
- अन्य प्रमुख निर्णयहरू
जनवरी २०२२ मा टी-२० अन्तर्राष्ट्रियमा सुरू गरिएको इन-म्याच पेनाल्टी, (जसको कारण फिल्डिङ टोलीले निर्धारित समयमा आफ्नो ओभरहरू बलिङ गर्न असफल भएमा इनिङ्सको बाँकी ओभरहरूको लागि फिल्डिङ सर्कल भित्र थप फिल्डर ल्याउनु पर्छ), अब यसलाई २०२३ मा आईसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिग समाप्त भएपछि एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरूमा पनि लागु गरिनेछ ।
अनलाइनखबर देखी