केन्यासँगको पहिलो एकदिवसीय खेल भोली देखी

केन्याविरुद्धको पाँच खेलको टी–२० शृंखला ३–२ ले आफ्नो पक्षमा पारेको छ । अब, केन्यासँगको एकदिवसीय खेल भोली (सेप्टेम्बर २ शुक्रबार) देखी सुरु हुँदैछ । उक्त खेलमा नेपालको लागि रोहितकुमार पौडेलले नेतृत्व गर्ने छन् । सन्दीप क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने भएपछि पौडेलले नेतृत्व गर्ने भएका हुन । 

केन्या भ्रमणमा पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १२ विकेट लिएपछि सन्दीपको विकेट संख्या ८५ पुगेको छ । सन् २०१८ मा आईसीसी वर्ल्ड एघारबाट खेल्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्दीपले ४४ खेल खेल्दै ८५ विकेट लिएका छन । सन्दीप सीपीएलमा जमैका तल्लाजावजमा अनुबन्ध भएका हुन् । केन्यासँग नेपालले तीन एकदिवसीय खेल खेल्नेछ । यस्तै, ३ तारिखमा दोस्रो एकदिवसीय हुँदा पाँच सेप्टेम्बरमा तेस्रो एकदिवसीय हुनेछ ।


नेपाली टिम : 

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, बसिर अहमद, पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव ।

वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जि. सी. र हरि शंकर शाह 

Responsive ad code here

https://ocmcm.lumbini.gov.np/

Responsive ad code here

Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe