केन्याबिरुद्दको पहिलो एकदिवसीयमा नेपालको जित


केन्याबिरुद्दको पहिलो एकदिवसीयमा नेपालले ७ विकेटले जित निकालेको छ । २१९ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर भेटएको हो । नेपालको लागि आसिफ सेखले शतकिय पारी खेले । सेखले ११० रन बनाए । सेखले १२० बल खेली १२ चौका र २ छक्का लगाए । यस्तै, अर्जुन साउदले ६१ रन बनाए भने मल्लले २४ रन र दीपेन्द्रले १५ रन बनाए ।


केन्याको लागि राकेप पटेल र कोलिन्स यबुयाले अर्धशतक बनाएपछि पहिलो एकदिवसीयमा केन्याले नेपालसामू २१९ रनको लक्ष्य पेश गरेको थिए । नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रनको योगफल बनाएको थियो । यस्तै, केन्याका लागि इरफान करिमले ३१ र सचिव बोधियाले २७ रन बनाएका थिए । बलिङतर्फ सोमपाल कामी र करण केसीले ३/३ विकेट लिएका थिए भने आदिल आलम र पवन सर्राफले १/१ विकेट लिएका थिए ।    

Responsive ad code here

https://ocmcm.lumbini.gov.np/

Responsive ad code here

Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe