नोभल कोरोना भाइरस (COVID-19) : जनचेतनामूलक संदेश


{tocify} $title={बिषयसुची}

'नोभल' कोरोना भाइरस के हो? नोभल कोरोना भाइरस (CoV) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो । नोभल कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो ।

कोरोना भाइरस (COVID-19) रोगका मुख्य लक्षणहरू :

ज्वरो (१००.४°F भन्दा माथि)

श्वास प्रश्वासमा अत्याधिक समस्या

खोकी

नोभल कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने ? :

नियमित रूपमा साबुन-पानीले हात धुने

खोक्दा र हाछ्युं गर्दा नाक र मुख छोप्ने

फ्लू जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने

फ्लू जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने

मासु तथा अन्डा राम्रोसंग पकाएर मात्र खाने

🔵 प्रायः सोधिने प्रश्नहरू

नोभल कोरोना भाइरस भनेको के हो ?

यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ । यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ ।

के मानिसमा जनावरहरूबाट नोभल कोरोना भाइरस संक्रमित हुन सक्दछ ?

नोभल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै बैज्ञानिक आधार हाल छैन ।

के नोभल कोरोना भाइरस र SARS एउटै हुन् ?

सन् २००३ मा देखिएको SARS र नोभल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्दछन् । महत्त्वपूर्ण कुरा, नोभल कोरोना भाइरस मानिसहरू बीच सजिलै सर्न सक्दछ भनेर अझै पुष्टी भएको छैन ।

मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ ?

मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने बारेमा आज सम्म वैज्ञानिक तवरले पुष्टी भएको छैन । हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।

के यो एक व्यक्त्तिबाट अर्को व्यक्त्ति सर्न सक्दछ ?

अहिले निश्चितताका साथ भन्न सकिने अवस्था छैन । एउटै परिवारका सदस्यहरू बिरामी भएको पाइएकोले, मानव-मानव बीचमा सिमित तवरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ । साथै, परिवारका सदस्यहरू एकै स्रोतबाट संक्रमण भएको हुन सक्ने सम्भावना पनि रहेको छ ।

यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ ?

सामान्यतः यस भाइरसको संक्रमण कसरी हुन्छ भन्ने बारेमा एकिन जानकारी छैन । तथापि रुघा, खोकी तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाई नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ ।

के कोरोना भाइरसको लागि उपचार छ ?

नोभल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणहरूको उपचार गर्न सकिन्छ, त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ । साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन । कोरोनाभाइरस रोग प्रभावित स्थानबाट यात्रा गरी फर्किनु भएका यात्रुहरूले घर वा बासस्थानमा फर्केको दिनदेखि १४ दिन सम्म अपनाउनुपर्ने अति आवश्यक क्रियाकलापहरू :

  • स्वास्थ्य सेवा लिने बेला बाहेक अन्य समयमा आफ्नो घर वा बासस्थानमा नै बस्ने
  • - स्वास्थ्य सेवाका लागि बाहेक अन्य समयमा घर वा बसेको स्थानबाट बाहिर नजाने । कार्यालय, विद्यालय वा सार्वजनिक स्थानमा नजाने । सार्वजनिक यातायात वा ट्याक्सीको प्रयोग नगर्ने ।

  • परिवारका सदस्यहरूबाट आफूलाई अलगै राख्ने
  • - घर परिवारका अन्य सदस्यहरू भन्दा छुट्टै कोठामा बस्ने र उपलब्ध भए सम्म छुट्टै शौचालय वा स्नानगृहको प्रयोग गर्ने ।

  • घरायसी सामान एक अर्कासँग नसाट्ने
  • - खाना खाएको भाँडा, गिलास, कप, काँटा-चम्चा, रूमाल, तन्ना जस्ता सामग्रीहरू घरका अन्य सदस्यहरूसँग साटफेर नगर्ने । आफूले प्रयोग गरेका सबै सामग्रीहरू साबुन पानीले राम्ररी सफा गर्ने ।

  • नियमित रूपमा हात धुने
  • - नियमित रूपमा साबुनपानीले मिचिमिची २० सेकेण्ड सम्म हात धुने । साबुन पानी उपलब्ध नभएमा वा हात धेरै फोहोर नभएको भएमा अल्कोहल भएको स्यानिटाइजर पनि प्रयोग गर्न सकिन्छ । फोहोर हातले आफ्नो आँखा, नाक वा मुख नछुने ।

  • खोक्दा वा हाछ्युँ गर्दा नाक र मुख ढाक्ने
  • - खोक्दा वा हाछ्युँ गर्दा आफ्नो नाक र मुख ढाक्ने । त्यसपछि तुरून्तै कम्तिमा पनि २० सेकेण्ड सम्म साबुनपानीले मिचिमिची हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।

  • आफूलाई देखा परेका लक्षणहरूको ख्याल गर्ने
  • - यदि १४ दिन भित्र रुघाखोकी लाग्ने, घाँटी दुख्ने, १००.४ डिग् Fahrenheit भन्दा बढी ज्वरो आउने, सास फेर्न गाह्रो महसुस हुने जस्ता लक्षणहरू देखिएमा तुरून्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने । यस्ता लक्षणहरू देखिएका बिरामीहरूले लगातार रूपमा मास्कको प्रयोग गर्ने । कोरोना भाइरस फैलिएको देशबाट आएको जानकारी स्वास्थ्यकर्मीलाई दिने (यसले अन्य व्यक्त्तिलाई कोरोना भाइरस रोग सर्नबाट बचाउन स्वास्थ्यकर्मीलाई सहयोग गर्दछ)

भिडियो :



References

Responsive ad code here

https://ocmcm.lumbini.gov.np/

Responsive ad code here

Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe