फोन ढिलो चार्ज हुन्छ ? यी टिप्स अपनाउनुस ।

फोनलाई चार्ज गर्न धेरै समय छैन तर छिट्टै चार्ज हुँदैन । फोनलाई घण्टौं चार्जमा राख्दा पनि ब्यट्री फुल नहुने समस्या तपाइलाई पनि परेको होला । फोन एकैपटक चार्ज हुँदैन विस्तारै हुन्छ । यो समस्या पुरानो मात्र होइन नयाँ फोनमा पनि छ । समय नभएको बेला हामी छिटो चार्ज गर्न चाहन्छौं । यदि तपाइँ पनि फोनलाई छिटो चार्ज गर्न चाहनुहुन्छ भने यी टिप्स अपनाउनुस् ।

  • फोनलाई ओरिजिनल चार्जरबाट मात्र चार्ज गर्नुस् । अन्य ब्राण्डका चार्जरले फोनको चार्जिङ ढिलो हुन्छ ।
  • चार्ज गर्दा फोनलाई एरोप्लेन मोडमा राख्नुस् । यसो गर्दा फोन छिटो चार्ज हुन्छ ।
  • फोन चार्ज गर्दा वाइफाइ र ब्लुटुथ कनेक्टिभिटी बन्द गर्नुहोस् ।
  • फोनमा एनएफसी मोड अफ गर्नुहोस् ।
  • फोनको ब्राइटनेस कम गर्नुहोस् । यसो गर्दा चार्ज छिटो हुन्छ ।
  • चार्ज गर्दा मोवाइल डाटा अफ गर्नुहोस् ।
  • बजारमा पाइने फास्ट चार्जरको प्रयोग पनि गर्न सकिन्छ ।

Responsive ad code here

https://ocmcm.lumbini.gov.np/

Responsive ad code here

Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe