कुनै यात्राका क्रममा झोलामा ल्यापटप बोक्नु आवश्यक मात्र भएको छैन एउटा ट्रेण्ड नै बनेको छ । तर महंगो चिजवस्तु हुनुको नाताले यसको सुरक्षाको विषय निकै संवेदनशील हुने गर्छ । घरमा होस् वा यात्रामा, आफ्नो महत्वपूर्ण प्रयोगको वस्तु ल्यापटपको सुरक्षालाई प्राथमिकता दिनैपर्छ । यसका लागि निम्न ५ टिप्स उपयोगी हुन सक्छन :
प्याडेड कभर :
यात्रामा विभिन्न उतारचढाव आउन सक्छन । त्यसैले त्यस्ता कठिनाइ तथा कठीन परिस्थितिमा ल्यापटपलाई सुरक्षित राख्नका लागि ल्यापटपलाई सुरक्षित खोलमा राख्नु आवश्यक हुन्छ । सामान्य खाले कभरमा राख्दा ल्यापटप सुरक्षित हुन सक्दैन । त्यसैले ल्यापटपलाई प्याडेड कभरमै राख्नुपर्छ ।
आद्रता र ताप :
ल्यापटप यस्तो मेसिन हो जुन आद्रता अर्थात् ओसिलोपना र तापबाट छिटै प्रभावित हुन्छ । त्यसैले ल्यापटपलाई बढि तातो ठाउँमा राख्नु हुँदैन । हिट एण्ड ह्युमिडिटी मिटर खरीद गर्दा राम्रो हुन्छ र ल्यापटप स्टाब्लाइजरको पनि प्रयोग गर्नुहोस ।
चोरबाट बचाउनुहोस :
तपाइँकेा ल्यापटप कुनै चोरको नजरमा पर्नसक्छ । त्यसैले ल्यापटप बोकेर हिँड्दा होस् वा कुनै ठाउँमा राखेर छाड्दा निकै होस पूराउनुपर्छ । कुनै झोलामा राखेर वा बाहिरै लापरवाही ढंगले ल्यापटप छाड्नु हुँदैन ।
पब्लिक वाइफाइबाट बच्नुहोस :
सार्वजनिक स्थानमा ल्यापटप प्रयोग गर्दा वाइफाइ सिग्नल देखियो भने कति खुसी होइन्छ । तर उक्त वाइफाइको प्रयोग गर्नुअघि होसियार हुनु पर्दछ । सार्वजनिक रुपमा उपलब्ध यस्तो वाइफाइ ह्याकर्सले छाडेको हुनसक्छ । ता की ह्याकरले तपाइँको कम्प्युटरमा भाइरस हालिदिएर तपाइँको डाटा चोर्नसक्छ ।
सुरक्षा :
तपाइँको ल्यापटप हरायो भने तपाइँको महत्वपूर्ण डाटा, पूराना तस्वीरहरु पनि हराउँछन । त्यसैले ल्यापटप लिएर यात्रामा निस्कनुअघि सबै डाटा हार्ड डिस्कमा सेभ गर्नु पर्दछ । जसका कारण तपाइँको ल्यापट चोरी भइहालेमा पनि डाटाहरु आफैसँग हुनेछन ।