ट्विटरको नयाँ रूप

ट्विटरको नयाँ ‘लुक’ सार्वजनिक भएको छ । ट्विटरले यो नयाँ डिजाइन सरल, चाँडो र प्रयोग गर्न सजिलो भएको जनाएको छ । ‘बोल्ड हेडलाइन’ र नयाँ ‘आइकन’ले यसलाई अझ राम्रो बनाएको ट्विटरको दाबी छ । ट्विटरले प्रयोगकर्ताको ‘प्रोफाइल पिक्चर’लाई वर्गाकारबाट गोलाकार बनाएको छ । कम्पनीले यसको नयाँ ‘इन्टरफेस डिजाइन’ ट्विटर डट कम, ट्विटर फर आइओएस, ट्विटर फर एन्डोइड, ट्विटडेक र ट्विटर लाइटमा आगामी दिनमा कार्यान्वयन गर्ने जनाएको छ । ट्विटरको नयाँ डिजाइनमा यसको ‘डाइरेक्ट म्यासेज’ पठाउन सक्ने सुविधालाई पुनर्ताजगी गराइएको छ । यो नयाँ डिजाइनको ‘म्यासेजिङ’ इन्स्टाग्राम, फेसबुक र स्न्यापच्याटको ‘म्यासेजिङ’ जस्तै छ ।

यो खबर शिक्षा रिसालको नागरिक न्युज देखी लिएको हुँ ।

Responsive ad code here

https://ocmcm.lumbini.gov.np/

Responsive ad code here

Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe