अहिलेको व्यस्त जीवनशैलीमा मोबाईल फोन जीवनकै अभिन्न हिस्सा बनिसकेको छ । त्यसैले मोबाईल फोनसँग जोडिएका हरेक समस्या समाधानमा प्रयोगकर्ताको चासो रहनु स्वाभाविक हो । मोबाईलको ब्याट्री नटिक्नु, ढिलो चार्ज हुनुजस्ता समस्या हाम्रो लागि टाउको दुखाइको विषय बनिरहेको हुन्छ । अझ खासगरी एन्ड्रोईड फोन हाम्रो लागि ब्याट्री ढिलो चार्ज हुनु तथा नटिक्नु मुख्य समस्या बनिरहेको हुन्छ । छिटो चार्ज गर्नु तथा ब्याट्री लामो समयसम्म टिकाउनका लागि त्यस्तो खास अचुक उपाय त छैन तर केही तरिका अपनाउन सकेमा त्यसले राहत भने अवश्य दिन्छ । यहाँ केही तरिका छन् जुन तपाईलाई सहयोगि हुन सक्छन् ।
मोबाईललाई फ्लाइट मोडमा राख्ने
मोबाईललाई फ्लाइट मोडमा राख्दा सबै फङसन बन्द हुन्छन् । जसले गर्दा मोबाईल छिटो चार्ज हुन्छ । त्यति बेला कल, इन्टरनेट ब्राउजिङ, जीपीएस जस्ता फिचर बन्द हुन्छन् ।
मोबाईल बन्द गर्नुस्
मोबाईल फोन अन गरेर चार्ज गर्दा बिग्रन्छ भन्ने भनाई बहुप्रचारित भनाई छ । यो एउटा 'मिथ' जस्तै बनेको छ । तर यो सत्य भने होइन । तर मोबाईल अफ गरेर चार्ज गर्दा छिटो चार्ज हुने कुरा भने सत्य हो ।
युएसबी पोर्टमा चार्ज नगर्नुस्
मोबाईल फोन युएसबी पोर्टबाट ढिलो चार्ज हुन्छ । त्यस कारण विजुलीबाट चार्ज गर्दा छिटो हुन्छ । एप्पल फोनको लगि कम्पनीले मोबाईलको फोन एडप्टरसँग भएको युएसवी केवलबाट विजुली पोइन्टबाट चार्ज गर्न सुझाव दिएको छ ।
उचित तापक्रममा राख्नुस्
धेरै तापक्रम ब्याट्रीको चार्ज टिकाइराख्नको लागि हानिकारक हुन्छ । एप्पलले तापक्रमका कारण ब्याट्रीको क्षमतामा प्रभाव पार्ने भन्दै घामबाट समेत मोबाईललाई टाढा राख्न भनेको छ ।
आधिकारिक चार्जर प्रोगोग गर्नुस्
सवै चार्जर एकै प्रकारका हुँदैनन। फोनको आधिकारिक चार्जर प्रयोग गर्दा मोबाईल सुरक्षित पनि हुन्छ । अनधिकृत चार्जर प्रयोग गर्दा समस्या आउन सक्छ । यसले राम्रोसँग मोबाईल चार्ज नहुन पनि सक्छ ।