यसरी प्राइभेट बनाउनुहोस् आफ्नो मोवाइल नम्बर


{tocify} $title={बिषयसुची}

यदि तपाईं मोवाइल फोनको अधिक प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो नम्बरमा बारम्बार नचाहिंदो फोन आउने समस्याबाट पनि पर हुनुहुन्न होला । केही यस्ता पेशा भएका व्यक्तिहरुलाई त झन् अनावश्यक फोनका कारण दैनिकि नै झन्झटिलो बनाइदिएको हुन्छ । कतिपयले त झन् नियतबस् नै मोवाइल नम्बर लिन खोजिरहेका हुन्छन् र थाहै नपाई तपाईंलाई अप्ठ्यारोमा पारिरहेका हुन्छन् । तर समय फेरिइसकेको छ । तपाईं आफ्नै फोनको प्रयोग गरेर आफ्नो नम्बर अन्य व्यक्तीको मोवाइल सेटसम्म नपुग्ने बनाउन सक्नुहुन्छ । त्यसका लागि केही तरिका अपनाउनुपर्ने हुन्छ ।

एन्ड्रोइड युजरका लागि

यदि तपाईंको मोवाइल फोन एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्छ भने आफ्नो मोवाइल नम्बर प्राइभेट बनाउनका लागि सबैभन्दा पहिले कल सेटिङमा जानुहोस् । यसका लागि फेन एपबाट जान सक्नुहुन्छ । त्यसपछि त्यहाँ एडिसनल अथवा मोर अप्सन लेखेको देख्न सक्नुहुनेछ । त्यसमा गएपछि तपाईंले कलर आइडी देख्न सक्नुहुनेछ । उक्त कलर आइडी लेखेको विकल्पमा गएर तपाईंले सो अथवा हाइड गर्न सक्नुहुनेछ । यदि तपाईंलाई आफ्नो मोवाइल नम्बर लुकाउनुपर्नेछ भने हाइड गर्न सक्नुहुनेछ । अब तपाईं आफ्नो नम्बर कसैले पाउलान् र दुरुपयोग गर्लान् भन्ने चिन्ताबाट मुक्त भई निर्धक्क फोन गर्न सक्नुहुनेछ ।

आइफोनका लागि

यदि तपाईं एप्पल कम्पनीको आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो नम्बर लुकाउन सेटिङमा जानुहोस् । त्यसपछि त्यहाँ फोन अप्सनमा गएर सो माई कलर आइडी अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि हाइड अथावा सो गर्ने अप्सनमा गएर तपाईं आफुलाई मन लागेका बेला आफ्नो नम्बर लुकाउन वा देखाउन सक्नुहुन्छ ।

Responsive ad code here

https://ocmcm.lumbini.gov.np/

Responsive ad code here

Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe